राष्ट्रिय सहकारी बैंकको शाखा स्थानान्तरण
Post Date : June 19, 2017 | 11:33 am

पोखरा, ५ असार । राष्ट्रिय सहकारी बैंकको पोखरा, चिप्लेढुंगामा कार्यालय सञ्चालन गरी सदस्य संघ संस्थाहरुलाई वित्तीय सेवा दिंदै आएको शाखा पोखराकै न्यूरोडमा स्थानान्तरण गरी कारोबार शुरु गरेको छ । स्थानान्तरित शाखाको उद्घाटन बैंकका प्रबन्ध संचालक के.बी. उप्रेतीले २०७४ असार ४ गते अाइतबार गर्नु भएको छ । बैंकको मुलुकभर ३८ शाखा रहेको छ ।