राष्ट्र बैंकले जनरल फाइनान्सलाई समस्याग्रस्त सूचीबाट हटायो
Post Date : December 13, 2016 | 3:56 pm

काठमाडौँ, २८ मङ्सिर । नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ । नेपाल राष्ट्र बैंक, संचालक समितिको बैठकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त सूचीबाट हटाउने निर्णय गरेको हो । जनरल फाइनान्स लिमिटेडलाई राष्ट्र बैंकले २०७० साल जेठ १२ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
जनरल फाइनान्समा नया लगानीकर्ता आएको र चुक्ता पूँजी बढाइएपछि समस्याग्रस्त सूचीबाट हटाइएको हो । तर २५ लाख रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।