राष्ट्र बैंकले १० अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने
Post Date : December 26, 2016 | 1:40 pm

काठमाडौँ, ११ पुस । नेपाल राष्ट्र बैंकले १० अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलको माध्यमबाट आज बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९ अर्ब रुपैयाँको ९१ दिने र १ अर्ब ४५ करोड रुपैयाँको ३६४ दिने ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
९ अर्ब रुपैयाँको ९१ दिने ट्रेजरी बिल २०७३ चैत्र १५ गते र १ अर्ब ४५ करोड रुपैयाँको ३६४ दिने ट्रेजरी बिल २०७४ पुस ११ गते परिपक्व हुनेछ ।