रिडी हाइड्रोपावरले ६ प्रतिशत बोनश शेयर दिने
Post Date : September 20, 2016 | 1:57 pm

काठमाडौं, ४ असोज । रिडी हाइड्रोपावर डेभलेपमेन्ट कम्पनीले आफ्ना शेयरधनीलाई गत आ.व.को मुनाफा मध्येबाट ६ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । साथै रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिने समेत उक्त साधारण सभाले निर्णय गरेको छ ।
रैराङ हाइड्रोपावरले ताप्लेजुङमा रहेको ईवाङ खोलाबाट ९.९ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
रिडी हाइड्रोपावरलको चुक्ता पूँजी ४४ करोड ५५ लाख रुपैया रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ करोड २९ लाख रुपैया खुद मुनाफा गरेको छ ।