रिलायबल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस शेयर दिने
Post Date : September 28, 2016 | 6:28 pm

काठमाडौं, १२ असोज । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मिति २०७३ असोज ९ गते बसेको संचालक समितिको बैठकले गत आ.व. २०७२/७३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।