रु पौने दुई खर्ब व्यापार घाटा

पर्सा, १२ साउन । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा बढेको छ ।
आव २०७१/७२ मा एक हजार ५५२ प्रतिशत रहेको व्यापार घाटा आव २०७२/७३ मा २७८ प्रतिशतले वृद्धी भई एक हजार नौसय ३० प्रतिशतमा पुगेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार आव २०७१/७२ मा वीरगन्ज नाका प्रयोग गरी रु तीन खर्ब २३ अर्ब आठ कारोड ७८ लाखको सामान आयात तथा रु २० अर्ब ८० करोड ९७ लाखको निर्यात भएको थियो ।
आव २०७१/७२ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यामा रु तीन खर्ब दुई अर्ब २७ करोड ८१ लाख व्यापार घाटा भएकोे कार्यालयले जनाएको छ । यसैगरी गत आवमा वीरगन्ज नाकाबाट रु एक खर्ब ८५ अर्ब ८४ कारोड १३ लाखको विभिन्न सामान आयात तथा रु नौ अर्ब ६२ करोड ८७ लाखको निर्यात भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो ।
सो नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकबाट दुई हजार ३०० बढी प्रकारका बस्तु आयात हुने गरेका छन नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि निर्यात हुने बस्तुको सङ्ख्या १०० भन्दा कम रहेको छ । नेपालका लागि आवश्यक ७० प्रतिशत पेट्रोलियम पदार्थ र ६० प्रतिशत खाद्यान्न लगायतका बस्तु वीरगन्ज नाकाबाटै आयात हुने गरेको छ । रासस