लक्ष्मी क्यापिटल मार्केटले नेपालगञ्ज र बनेपामा शाखा विस्तार
Post Date : April 27, 2017 | 11:32 am

काठमाडौँ, १४ वैशाख । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बाँकेको नेपालगञ्ज र काभ्रेपलान्चोकको बनेपामा शाखा विस्तार गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि ब्रोकर कम्पनीहरूले उपत्यका बाहिर विभिन्न स्थानबाट आफ्नो शाखा विस्तार गरी कारोबार गर्न थालेपछि मर्चेण्ट बैंकरले पनि शाखा खोलेको जनाएको छ ।
लक्ष्मी क्यापिटल मार्केट लक्ष्मी बैंकको पूर्ण स्वामित्वको कम्पनी हो ।