लक्ष्मी बैंकको अरेन्ज बचत खातामा ७ प्रतिशत ब्याज
Post Date : April 20, 2017 | 11:41 am

काठमाडौँ, ७ वैशाख । लक्ष्मी बैंकले वार्षिक ७ प्रतिशत ब्याज दिने गरी अरेन्ज बचत खाता संचालनमा ल्याएको छ । यो बचत खाताका ग्राहकवर्गले ५ लाख रुपैयाँसम्मको न्यूनतम मौज्दात कायम राखी कुनै थप शुल्क नतिरी १० लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने बैंकले जनाएको छ ।
यसका अतिरिक्त बैंकले आफ्नो अन्य बचतखाताहरूको पनि ब्याज पुनरावलोकन गरी साधारण बचत खातामा ५ प्रतिशत र विशेष खातामा ६ प्रतिशत दिने भएको छ ।