लक्ष्मी बैंकको थप दुई शाखा
Post Date : November 17, 2016 | 3:07 pm

काठमाडौँ, २ मंसिर । लक्ष्मी बैंकले पाल्पाको रामपुर र भक्तपुरको कौशलटारमा थप दुई शाखा संचालनमा ल्याएका छन् । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको उक्त क्षेत्रमा शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
यी दुई शाखा विस्तारसँगै बैंकको शाखा संख्या ५९, एटिएम काउन्टर ६९ र एक्सटेन्सन काउन्टर संख्या २ पुगेको छ ।
बैंकले छोटो समयमा नै रिटेल, कर्पोरेट तथा टे«जरी जस्ता व्यावसायिक क्षेत्रमा सेवा पुरयाउँदै आएको जनाएको छ ।