लक्ष्मी बैंकको नाफा ६७ करोड ३७ लाख रुपैया
Post Date : August 2, 2016 | 2:50 pm

काठमाडौं, १८ साउन । लक्ष्मी बैंकले आ.व. २०७२/७३ को असार मसान्त सम्ममा ६७ करोड ३७ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकले ४८ अर्ब १५ करोड ४१ लाख रुपैया निक्षेप संकलन गरी ४० अर्ब ३९ करोड ९५ लाख रुपैया कर्जा प्रवा गरेको थियो ।
बैंकको खराब कर्जा अनुपात भने ०.८० प्रतिशत रहेको छ ।