लक्ष्मी बैंकद्वारा काठमाडौंको न्यूरोडमा जग्गा खरिद
Post Date : June 28, 2016 | 1:07 pm

काठमाडौं, १४ असार । लक्ष्मी बैंकले काठमाडौंको न्यूरोडमा जग्गा खरिद गरेको छ । बैंकले तीनसय उन्नान्तिस दशमलब उन्नान्नब्बे वर्गमिटरको जग्गा ४४ करोड २० लाख रुपैयामा खरिद गरेको छ । बैंकले न्यूरोडको उक्त जग्गामा नयाँ बिल्डिङ बनाएर सम्पूर्ण कारोवारहरू संचालन गर्ने जनाएको छ ।