लक्ष्मी बैंको नयाँ शाखा पुरानो बानेश्वरमा
Post Date : January 19, 2017 | 3:32 pm

काठमाडौँ, ६ माघ । लक्ष्मी बैंकले काठमाडौँको पुनारो बानेश्वरमा ६५ औँ शाखा स्थापना गरी कारोवार शुरु गरेको छ । यो शाखा स्थापनापछि काठमाडौँमा लक्ष्मी बैंकको शाखा संख्या १६ पुगेको छ ।
बैंकले आर्थिक वर्ष २०७२।७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन र ४० अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब १५ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको जनाएको छ ।