लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि तीनजनाको नाम सिफारिस
Post Date : May 21, 2016 | 9:24 pm

काठमाडाैं, ८ जेठ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तीका लागि समितिले राधेश पन्त, महाप्रसाद अधिकारी र सरोज कोइरालालाई सिफारिस गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा सदस्य र पूर्व सचिव केशव भट्टराई सदस्य रहेको समितिले तीनजनाको प्रस्तुती र अन्तर्वार्ताको आधारमा सिफारिस गरेको हो । चारजना प्रस्तुती र अन्तर्वार्तामा सामेल भए पनि रमेशनाथ बास्तोला बाहिरिनु भएको छ ।
सिफारिस भएका तीन जनामध्येबाट एकजनालाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्नेछ ।