लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ३ जनाको नाम सिफारिस
Post Date : June 15, 2016 | 9:45 am

काठमाडौं, ३२ जेठ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा तथा पूर्व सचिव केशव भट्टराई रहेको सिफारिस समितिले महाप्रसाद अधिकारी, राधेश पन्त र सरोज कोइरालाको नाम सिफारिस गरेको छ । सिफारिस गरेकामध्ये एकजनालाई मन्त्रीपरिषदको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ ।