लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारी नियुक्त
Post Date : June 24, 2016 | 9:05 am

काठमाडौं, ९ असार । नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिले अधिकारीसहित राधेश पन्त र सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।