लगानी सुरक्षित गर्न बिमा
Post Date : August 9, 2016 | 3:26 pm

मलेखु (धादिङ), २५ साउन । गरिबी निवारण कोषले सञ्चालन गरेको समुदायस्तरको कार्यक्रमलाई दिगो बनाउन क लगानीमा बिमा गर्न सुरु गरेको छ ।
कल्लेरी गाविसमा सञ्चालन भएको आयआर्जन कार्यक्रमअन्तर्गत गरिबी निवारण कोषले लगानी गरेको व्यवसायमा सोमबारबाट बिमा गर्न सुरु गरिएको हो । सोह्र वटा सामुदायिक संस्थामा बिमा गरिएको एकिकृत सामुायिक विकास अभियानका कार्यक्रमका संयोजक शालिकराम दुवाडीले जानकारी दिनुभयो ।
कल्लेरी गाविसमा पहिलो चरणमा ३६ जनाले ८५ वटा बाख्राको रु पाँच लाख ५३ हजार, नौ जनाले नौवटा भँैसीको रु पाँच लाख १५ हजार, एक जनाले दुईवटा बङ्गुरको रु १० हजार, दुई वटा ब्याड बोकाको दुई जनाले रु ४५ हजार र तीन वटा किराना पसलमा तीन जनाले रु ३० हजार बराबरको बिमा गरेका छन् । सो बिमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले गरेको हो । रासस