लुम्बिनी विकास बैंकको ५१ औँ शाखा सुनसरीको हरिनगरामा
Post Date : July 15, 2017 | 11:49 am

सुनसरी, ३१ असार । लुम्बिनी विकास बैंकले सुनसरीको हरिनगरामा ५१ औँ शाखा विस्तार गरी कारोवार शुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक रामु पौडेलले गर्नु भएको छ ।
ग्राहकवर्गलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुका साथै साना निक्षेप परिचालन तथा कृषि तथा साना व्यवसायमा कर्जा लगानी गरी स्थानीय जनतालाई बैंकिङ सेवा पहुँच बढाउने उद्देश्यले शाखा स्थापना गरेको जनाएको छ ।