विराटलक्ष्मी विकास बंकले १८.५% बोनस शेयर दिने
Post Date : September 30, 2016 | 9:46 am

काठमाडौं, १४ असोज । विराटलक्ष्मी विकास बैंक, संचालक समितिको मिति २०७३ असोज १२ गते बसेको बैठकले १८ दशमलब ५ प्रतिशत बोनस शेयर र शून्य दशमलब नौ सात (०.९७) प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको छ ।
सो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।