वेष्टर्न डेभलपमेन्ट बैंकले २०% बोनस शेयर वितरण र १००% हकप्रद शेय निष्काशन गर्ने
Post Date : September 29, 2016 | 7:58 am

काठमाडौं, १३ असोज । वेष्टर्न डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफामध्येबाट २० प्रतिशत बोनस वितरण गर्नेछ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी १८ करोड ८२ लाख रुपैया पुग्नेछ । त्यसमा बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर वितरण गर्ने प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।