वैदेशिक रोजगार जीवन बीमा गर्न गराउन सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन
Post Date : June 24, 2016 | 8:37 am

काठमाडौं, ९ असार । मुलुकको बीमा नियमनकारी निकाय वीमा समितिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगार जीवन बीमालेखको नयाँ बीमा शुल्क दर कायम गरेको छ ।
नयाँ बीमा शुल्क अनुसार आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार जीवन बीमा गर्न गराउन सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिइएको समितिले जनाएको छ ।
साथै वैदेशिक रोजगार जीवन बीमालेखमा लाग्ने अभिकर्ता कमिशन समेत हटाइएको बीमा समितिले विहिबार जारी गरेको निर्देशनमा जनाइएको छ ।