शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आँखा शिविर रुद्रपुरमा
Post Date : February 6, 2017 | 1:26 pm

बुटवल, २४ माघ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले रुद्रपुरमा आँखा शिविर सम्पन्न गरेको छ । बैंकले ‘समाजसँग बैंक’ नारासहित सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा शिविर संचालन गरेको छ ।
बैंकले बुटवलको लायन्स आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर संचालन गरेको हो । रुद्रपुर गाविस भवनमा संचालन गरिएको आँखा शिविरमा २ सय ५ जना विरामीको निःशुल्क आँखा परीक्षण गरिएका मध्ये ३८ जनाको शल्यक्रियाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।