शिखर इन्स्योरेन्सले एफपिओ जारी गर्ने
Post Date : December 2, 2016 | 11:29 am

काठमाडौँ, १७ मङ्सिर । शिखर इन्स्योरेन्स कम्पनीले १० प्रतिशत नयाँ शेयर (एफपिओ) जारी गर्ने भएको छ ।
कम्पनीको संचालक समितिको १५३ औँ बैठकले ६० प्रतिशत बोनस शेयर वितरण गरी १० प्रतिशत एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । एफपिओ निष्काशन पश्चात साधारण र संस्थापक शेयरको अनुपात ४०ः६० हुनेछ ।