शेयरबजारमा झण्डै २ अर्ब रुपैयाको काराेवार

काठमाडाैं, ९ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १८.७८ अंकले बढेर १६६६.२९ बिन्दुमा पुगेको छ । कुल ७८१० कारोवारबाट ३२ लाख २१ हजार २६ कित्ता शेयर किनबेच भई १ अर्ब ९८ करोड ९९ लाख २४ हजार ९२१ रुपैयाको कारोवार भएको छ ।
फाइनान्स समूह बाहेकका सबै समूहहरुको कारोवारमा वृद्धि भएको छ । सबैभन्दा बढी कारोवार बीमा कम्पनीहरुको भएको छ जसमा ६९.६९ अंकले बढेर ९१ करोड रुपैया भन्दा बढीको कारोवार भएको छ । त्यस्तै वाणिज्य बैंकहरुको कारोवार ४६ करोड रुपैयाभन्दा बढीको भएकोे छ भने विकास बैंकहरुको कारोवार १९ करोड रुपैयाभन्दा बढीको भएको छ । जलविद्युत समूहको कारोवारमा पनि ४०.८३ अंकले बढेर २८ करोड रुपैयाभन्दा बढीको कारोवार भएको छ । सबैभन्दा बढी कारोवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ कराेड रुपैयाभन्दा बढीको भएको छ । अाज कारोवार भएका कम्पनीहरुमा बीमा कम्पनीहरुकै बाहुल्यता रहेको पाइयो ।