शेयरबजारमा बीमा कम्पनीहरुको कारोवार उच्च, ६६ करोड रुपैयाभन्दा बढीको कारोवार
Post Date : June 8, 2016 | 4:23 pm

काठमाडाैं, २६ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज हिजोकै हाराहारीमा १५.३१ अंकले उकालो लागेको छ । परिसूचकमा १५.३१ अंकले बढेर १५४६.८० बिन्दुमा पुगेको छ । कुल ५६२९ कारोवारबाट १६ लाख ५२ हजार ६३६ कित्ता शेयर किनबेच भई १ अर्ब २९ करोड १ लाख ६ हजार ४०७ रुपैयाको कारोवार भएको छ ।
होटल समूह बाहेक अरु सबै समूहहरुको कारोवारमा उकालो लागेको छ । हिजो सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार भएकाे थियो भने अाज सबैभन्दा बढी ३८७.२ विन्दुले उकालो लागी ६६ करोड २८ लाख ११ हजार रुपैयाको कारोवार भयो । हिजो सबैभन्दा बढी एनबी बैंकको २८ करोड ३९२ लाख ३६ हजार २६८ रुपैयाको कारोवार भएको थियो भने अाज पनि एनबी बैंककै १४ करोड ४८ लाख ६६ हजार २६४ रुपैयाकाो कारोवार भयो ।