शेयरबजारमा २ अर्ब रुपैयाभन्दा बढीको कारोवार, बीमा कम्पनीहरुले बजार उचाल्यो
Post Date : June 16, 2016 | 5:42 pm

काठमाडाैं, २ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा अाज १२.४७ अंकले बढेर १६३२.९४ बिन्दुमा पुगेको छ । कुल ७४५७ कारोवारबाट ५६ लाख ८४ हजार ५५८ कित्ता शेयर किनबेच भई २ अर्ब ५ करोड ९४ लाख १४ हजार ५०६ रुपैयाको कारोवार भएको छ ।
वाणिज्य बैंक र होटल समूह बाहेक अरु सबै समूहमा शेयर बजार उकालो लागेकाे छ । बीमा कम्पनीहरुको कारोवारमा नया रेकर्ड कायम गर्दै ३३०.५३ अंकले बढेर १ अर्बभन्दा बढी रुपैयाको कारोवार भएको छ ।
अाज कारोवार भएका कम्पनीहरुमध्ये बीमा कम्पनीहरुको कारोवार सबैभन्दा धेरै भएको छ, बीमा कम्पनीहरुले गर्दा सम्पूर्ण बजार नै उचालिएको छ ।