शेयर बजारमा उत्साहजनक सुधार हुन सकेन
Post Date : May 30, 2016 | 6:22 pm

काठमाडाैं, १७ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य सुधार देखिएको छ । परिसूचकमा ४.७१ अंकले बढेर १५२६.९६ बिन्दुमा पुगेको छ । ५५५३ कारोवारबाट १९ लाख ९१ हजार ८०५कित्ता शेयर किनबेच भई १ अर्ब १९ करोड ६० लाख ५१ हजार ९५७ रुपैयाको कारोवार भएको छ । वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी र होटल समूहमा नेप्से परिसूचक घटेको छ भने हाइड्रो पावर, फाइनान्स समूहमा भने नेप्से परिसूचक बढेकोे छ ।