श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हकप्रद शेयर जारी गर्ने
Post Date : July 10, 2017 | 2:52 pm

काठमाडौँ, २६ असार । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभाले पूँजी वृद्धिको लागि चुक्ता पूँजीको ८३ प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हाल चुक्ता पूँजी ३४ करोड ५४ लाख ४८ हजार रुपैयाँ रहेको छ ।