सगरमाथा फाइनान्सको हकप्रद शेयर बिक्री
Post Date : March 5, 2017 | 12:03 pm

काठमाडौँ, २२ फागुन । सगरमाथा फाइनान्स लिमिटेडको हकप्रद शेयरको बिक्री खुला गरी दरखास्त माग गरिएकोमा संस्थापक समूहतर्फ ७ लाख २० हजार ३ सय १८ दशमलब ८३ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ६७ हजार १ सय ४४ दशमलब १७ कित्ताको लागि आवेदन नपरेकोे लिलाम बढाबढ गरी बिक्री गर्नको लागि २०७३ फागुन २६ गतेदेखि २०७३ चैत २ गतेसम्म शिलबन्द बोलपत्र आह्वान गरेको छ ।
आवेदनकर्ताले शेयरको न्यूनतम मूल्य प्रति शेयर रु १००/– तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १ सय कित्ता वा सोभन्दा बढीका लागि १० ले भाग जाने निषेशसम्म शिलबन्दी बोलकबोल दिन सकिनेछ ।