सगरमाथा फाइनान्सको १३ औँ शाखा इलाम बजारमा
Post Date : May 30, 2017 | 5:21 pm

इलाम, १६ जेठ । सगरमाथा फाइनान्स लिमिटेडले इलाम जिल्लाको इलाम बजारमा १३ औँ शाखा विस्तार गरी कारोवार शुरु गरेको छ । शाखाको उद्घाटन फाइनान्सका संस्थापक तथा पूर्व राजदूत डा. नोबलकिशोर राई र शरणदेव राईले संयुक्त रूपमा गर्नु भएको छ ।
फाइनान्सले अन्य दुर्गम पहाडी जिल्ला र काठमाडौँ उपत्यकामा समेत क्रमशः शाखा विस्तार गरिने योजना रहेको जनाएको छ ।