सगरमाथा फाइनान्सले १० शेयर बराबर ८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने
Post Date : November 14, 2016 | 2:25 pm

काठमाडौँ, २९ कात्तिक । नेपाल धितोपत्र बोर्डले सगरमाथा फाइनान्स लिमिटेडलाई १० शेयर बराबर ८ को अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको छ । सगरमाथा फाइनान्सले २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद शेयर निष्काशन गर्न एनआईबीएल क्यापिटल मार्केटलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।