सञ्चार मन्त्री राईद्वारा सिक्का सार्वजनिक
काठमाडौँ, २६ असार । नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले आज रु एक हजार र रु एक सयको स्मारिका सिक्का सार्वजनिक गर्नुभएको छ ।
मन्त्री राईले आज सोसाइटी ५० वर्षमा प्रवेश गरेको अवसरमा विशेष संस्मरणात्मक आवरण प्रकाशन गर्नुका साथै नेपाल राष्ट्र बैँकद्वारा जारी गरिएको रु एक हजार मूल्यको चाँदीको र रु १०० को क्युप्रोनिकेल धातुको स्मारिका सिक्का मन्त्री राईले सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा मन्त्री राईले लामो समयको प्रयासपछि मुुलुककले उत्कृष्ट संविधान प्राप्त गरेको भन्दै संविधानकै जगमा टेकेर देशलाई संवृद्धितिर अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले सरकारले बारम्बार मधेसी दललाई वार्तामा आउन आग्रह गरेको भएपनि मधेसी दलकै कारण सफल नभएको स्पष्ट गर्दै वार्ताबाट मात्रै समस्याको समाधान हुने हुँदा सहमतिमा आउन आग्रह गर्नुभयो ।
सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले सोसाइटीले हरेक वर्ष विश्वका विभिन्न स्थानमा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाक टिकट प्रदर्शनीमा भाग लिई पदक प्राप्त गर्दै राष्ट्रको प्रतिष्ठा अभिवृद्धिमा योगदान पु¥याएको बताउनुभयो ।
हुलाक सेवा विभागका महानिर्देशक द्रोर्ण पोखरेलले विगतका दिनमा सोसाइटीले गर्दै आएको कामले राष्ट्रिय पहिचान अभिवृद्धिमा ठूलो योगदान पुगेको छ भन्नुभयो ।
सोही अवसरमा सोसाइटीले आफ्नो आधिकारीक वेभसाइट www.nephiso.com.np को पनि सार्वजनिक गरेको छ । ९तस्बिर र श्रव्य सामग्री उपलब्ध छ० रासस