सनराइज बैंकको आधारभूत कर तथा लेखा नीति अभिमुखिकरण
काठमाडौं, २४ भदौ । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी तेस्रो अभिमुखिकरण कार्यक्रमको आयोजना भदौ २३ गते गरेको थियो । बैंकको तिनकुने, शंखमूल र शंखमूल–२ गरी तीन वटा शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन बैंकका सहायक महाप्रबन्धक रबिन कुमार नेपालले गर्नुभएको थियो । यस कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरूमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास सँगसँगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरू र व्यवसाय संचालन पूर्व अपनाउनु पर्ने सामान्य विधिहरूको साथै व्यवसायलाई अपेक्षित रूपमा वृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुरयाउने हेतुले Sunrise Bank Advisory Cell को स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पुरयाउने उद्देश्यका साथ अगाडि बढेको कुरा रबिन कुमार नेपालले जानकारी गराउनुभयो ।
यस बैंक “हामी सँग सँगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धी जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गइरहेको जानकारी गराएको छ ।
यसै सन्दर्भमा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्टसुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको थियो ।
यस कार्यक्रममा उद्यमीहरूलाई निम्न विषय वस्तुका बारेमा जानकारी गराइएको थियो ।
१. सामान्य लेखाशास्त्रका सिद्धान्त ।
२. चालु पूँजी व्यबस्थापनका आधारभूत नियमहरू ।
३. नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण ।
४. व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, बजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण ।