सनराइज बैंकको आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम

काठमाडौँ, ५ फागुन । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी चौथो अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन सोही बैंकका संचालक डा. भोगेन्द्र गुरागाईद्वारा गरियो । उक्त कार्यक्रम भक्तपुर उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न भएको थियो । यस कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास सँगसँगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनु पर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पुरयाउने हेतुले Sunrise Bank Advisory Cell को स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पुरयाउने उद्देश्यका साथ अगाडि बढेको कुरा सोही बैंकका एस.एम.ई. हेड हरि आर्चायले जानकारी गराउनुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । सहभागीहरुलाई उक्त कार्यक्रममा संचालक डा. भोगेन्द्र गुरागाईबाट प्रमाणपत्र समेत वितरण गनुभएको थियो ।
यस बैंक “हामी सँग सँगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धी सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गइरहेको जानकारी गराएको छ ।
यसै सन्दर्भमा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टर्ड एकाउन्टेन्ट सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । वहाँको दक्षता र अनुभवबाट कार्यक्रममा सहभागी साना तथा मझौला उद्यमीहरूले भरपुर लाभ लिन सक्नुहुनेछ भन्नेमा बैंक पूर्ण विश्वस्त रहेको समेत जनाएको छ ।
यस कार्यक्रममा उद्यमीहरूलाई निम्न विषय वस्तुका बारेमा जानकारी गराइएको थियो ।
१. सामान्य लेखाशास्त्रका सिद्धान्त ।
२. चालु पूँजी व्यवस्थापनका आधारभूत नियमहरु ।
३. नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण ।
४. व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यावसायिक योजना, बजार प्रवद्र्धन तथा बिक्री, व्यावसायिक वातावरणको विश्लेषण ।