सनराइज बैंकको गत आ.व.को मुनाफाबाट बोनस शेयर जारी गरी तोकेको चुक्ता पूँजी पुऱ्याउने लक्ष

काठमाडौँ, ३ साउन । सनराइज बैंक लिमिटेडको मिति २०७३ कार्तिक ७ गते सम्पन्न नवौँ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम बैंकको शेयरधनीहरुको रुपमा मिति २०७४/०१/२९ गते सम्म कायम रहेका शेयरधनीहरुका लागि दश शेयर बराबर तीन शेयर (१०ः३) को अनुपातमा प्रति शेयर मूल्य रु. १००/– अंकित दरको १,६३,५९,६३६ कित्ता हकप्रद साधारण शेयर निष्काशन गरिएकोमा हकप्रद शेयर निष्काशन बन्द हुने मिति २०७४/०३/१९ सम्ममा रितपूर्वक प्राप्त आवेदन दिने ७१,६१३ जना शेयरधनीहरुलाई १,५६,४६,२९४ कित्ता शेयर मिति २०७४/०३/३० मा बसेको संचालक समितिको निर्णयानुसार बाँडफाँड गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
हकप्रद शेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी रु. ७ अर्ब २ करोड पुगेको छ । साथै गत आ.व. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पुऱ्याउने लक्ष लिइएकोमा सो बमोजिम बैंकको चुक्ता पूँजी कायम रहनेमा बैंक विश्वस्त रहेको समेत जनाएको छ ।