सनराइज बैंकको चिपमा आधारित इएमभि कार्डको शुभारम्भ
Post Date : February 9, 2017 | 6:29 pm

काठमाडौँ, २७ माघ । विद्युतीय कारोवारको सुरक्षाप्रति सजग रही हाल प्रयोगमा रहेका कार्डहरुलाई थप सुरक्षित पार्दै चिपमा आधारित इएमभि कार्डहरु सनराइज बैंकले प्रचलनमा ल्याएको छ । साथै ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले चिपमा आधारित क्रेडिट कार्ड तथा विदेश जाने व्यक्तिहरुलाई लक्षित गर्दै विदेशी मुद्राको प्रिपेड कार्डहरु समेत प्रचलनमा ल्याएको छ । विद्युतीय कारोबारबाट सृजना हुने जोखिमलाई न्यूनिकरण गर्नको निमित्त हाल चल्तीमा रहेका म्याग्नेट स्ट्रिप कार्डहरुलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुसार चिपमा आधारित इएमभि कार्डमा क्रमशः प्रतिस्थापन गर्दै जाने बैंकले जनाएकोछ ।
बैंकको हाल ६७ शाखा, ७२ एटिएम, १३ शाखारहित बैंकिङ्ग सेवा तथा ३ वटा एक्स्टेन्सन काउन्टरहरु रहेका छन् ।