सनराइज बैंकको थप शाखारहित बैंकिङ्ग सेवा
Post Date : May 6, 2016 | 11:45 am

सनराइज बैंकले महोत्तरी जिल्लाको लक्ष्मीनिया–७ मा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त सेवाको उद्घाटन बैंकका नायब महा–प्रबन्धक आशा राणा अधिकारीले गर्नु भएको थियो । यसअघि बैंकले काभ्रेको मंगलटार र झापाको बाहुनडाँगीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको थियो ।
बैंकले आफ्ना ५३ शाखा र ६७ एटिएम काउण्टरबाट सेवा दिइरहेको जनाएको छ ।