सनराइज बैंकको बिराटनगर विमानस्थलमा एटिएमको शुभारम्भ
        Post Date : October 7, 2016 | 3:56 pm
          
            
            
            
            
           
        
        
                  
                  विराटनगर, २१ असोज । सनराइज बैंक लिमिटेडले विराटनगर विमानस्थलमा एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका कार्यालय प्रमुख सुरेश मान सिंहले गर्नुभयो ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा, ७१ वटा एटिएम, १० वटा शाखारहित बैंकिङ्ग सेवा र २ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            