सनराइज बैंकको बोनस शेयर सूचीकरण
Post Date : January 26, 2017 | 1:47 pm

काठमाडौँ, १३ माघ । सनराइज बैंक लिमिटेडको मिति २०७३ कार्तिक ७ गते सम्पन्न नवौँ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको ३३.३३ प्रतिशतका दरले हुने १,३२,५३,४८८ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको मिति २०७३/१०/१० गतेको निर्णयानुसार सूचीकरण भएको छ ।
यस पछि बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड भन्दा बढी पुगेको छ । बैंकले एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गर्ने प्रक्रियामा रहेको छ । प्राप्ती पश्चात कायम हुने चुुक्ता पूँजीमा ३० प्रतिशत हकप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी करिब रु. ७ अर्ब ९ करोड पुग्ने छ र यसै आ.व. को नाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पुरयाउने लक्ष लिइएको छ ।