सनराइज बैंकको शाखा कालिकास्थान (घट्टेकुलो) मा

काठमाडौँ, १५ जेठ । सनराइज बैंक लिमिटेडले काठमाडौँको कालिकास्थान (घट्टेकुलो) मा रहेको आफ्नै भवनमा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन २०७४ जेठ १४ गते आइतबारका दिन एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नुभयो । सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गुरागाईं ई. बच्छराज तातेड, ज्योती कुमार बेगानी, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत ठूलो संख्यामा स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
बैंकले साबिकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्दा सो स्थानमा रहेको मुख्य कार्यालयलाई शाखामा रुपान्तरण गरेको हो । यस शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुरयाउन सक्षम हुुुुनुका साथै कालिकास्थान र घट्टेकुलो क्षेत्रका ग्राहकलाई सुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त हुने विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ ।
हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ७० वटा शाखा र ८० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले केही दिनभित्र मकवानपुरको हेटौंडामा शाखा विस्तार गर्दैछ । बैंकको वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेको पनि प्रेस विज्ञप्तीमा उल्लेख छ ।