सनराइज बैंकले १० कित्ता बराबर नयाँ ३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने
Post Date : May 17, 2017 | 6:16 pm

काठमाडौँ, ३ जेठ । सनराइज बैंक लिमिटेडले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले रु.१००।– अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता बराबर १ अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार १ सय रुपैयाँ रहेको छ । बैंकले यही आउँदो जेठ १६ गतेदेखि असार १९ गतेसम्म हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।