सप्तकोशी डेभलपमेन्ट बैंकको थप दुई शाखा मोरङको रंगेली र उर्लाबारीमा
Post Date : May 8, 2017 | 4:39 pm

मोरङ, २५ वैशाख । सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङको रंगेली र उर्लावारीमा शाखा संचालनमा ल्याएको छ । दुवै शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गर्नु भएको छ । यी दुई शाखासँगै बैंकको शाखा संख्या १० पुगेको छ ।
बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ८५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन र ७६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।