सप्तकोशी डेभलपमेन्ट बैंकले पायो ग्रेड ४ रेटिङ
Post Date : June 27, 2017 | 12:59 pm

काठमाडौँ, १३ असार । सप्तकोशी डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ गरेको छ । बैंकले १ बराबर १ दशमलब ३ कित्ता बराबर २७ लाख ४३ हजार हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्म ८५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन र ७६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ ।