सफा नोट नीति

Post Date : May 12, 2016 | 3:03 pm
प्रस्तोताः रुद्र बहादुर घिमिरे
उप निर्देशक, नेपाल राष्ट्र बैंक
मुद्रा व्यवस्थापन विभाग

(क) परिचयः

  • आार्थिक कारोवारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना मैला नोटहरु खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । जस अन्तरगत नोटको कारोवारमा मुख्य भुमिका रहेका बैक तथा वित्तीय संस्थाहरुको माध्यमबाट सुकिला भुक्तानी योग्य नोटहरु मात्र ग्राहकहरुलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरु नेपाल राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्दछन ।
  • नेपाल राष्ट्र बैंकका प्रमुख कार्य मध्ये देशका सम्पुर्ण भागमा नोटको आपुर्ति गर्ने र पुराना तथा मैला नोटहरुलाई खिचेर प्रतिस्थापन गर्दै जाने पनि भएकोले सो कार्य मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।

clean note

(ख) सफा नोट नीतिको आवश्यकताः

  • आधुनिक सभ्य समाजमा जसरी आफ्ना निजी सर सामानहरु पोशाकहरु नयाँ र सफा प्रयोग गरिन्छन त्यसै गरी समाजका हरेका व्यक्तिको दैनिकीमा प्रत्यक्ष परोक्ष सरोकार राख्ने नोटहरु पनि सफा र नयाँ हुनु नितान्त आवश्यक छ । साधारण देखि बहुमुल्य बस्तु तथा सेवाको मुल्य बोक्ने नोटहरु पुराना भै नष्ट भएमा राष्ट्रको ठुलो सम्पत्ति नोक्सानी हुने भएकोले नोटको सुरक्षित प्रयोग गर्न सफा नोट नीतिको आवश्यकता भएको हो ।
  • नोट छपाईमा विदेशी मुद्राको ठुलो राशी खर्च हुने भएकोले त्यसमा कमी ल्याउन र राष्ट्रको इज्जत र प्रतिष्ठासंग जोडिएको विषय समेत भएकोले सफा नोट नीतिको अवलम्वन गर्नुपर्ने देखिएको हो ।

नोट Supply Chain को स्वरुप निम्नानुसार रहेको छः

  • अर्थतन्त्रको फैलावटको आधारमा र जनताको आवश्यकता तथा मागलाई मध्यनजर गरी नोटको आपूर्ति केन्द्रीय बैंकद्वारा गर्ने गरिन्छ ।
  • सफा, सुकिलो र नयाँ नोटको समय सापेक्ष अष्चअगबितष्यल र झुत्रा÷मैला नोटहरुको व्यवस्थापन ने.रा.बैंकको महत्वपूर्ण कार्य भित्र पर्ने गर्दछ । विकास सँगै नोटको व्यवस्थापन जटिल र चुनौतिपूर्ण कार्य बन्दै गएकोछ ।

सफा नोट नीतिसंग सम्बन्धित पक्षहरुः

  • नेपाल राष्ट्र बैंक ।
  • सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु ।
  • निक्षेप संकलन गर्ने अन्य संघ संस्थाहरु । जस्तैः संचयकोष, वीमा कम्पनी, सहकारी संस्थाहरु ।
  • उद्योगी व्यापारीहरु ।
  • सर्वसाधारणहरु ।

note-rubberband

(ग) सफा नोट सम्बन्धी नीतिगत व्यवस्थाः

  • मुलुकभर सफा नोट प्रचलनमा ल्याउने ध्येयले सर्वप्रथम आ.व. २०६७/६८ मा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत “सफा नोट नीति” प्रारम्भ गरेको हो ।
  • सफा नोट नीतिको मुख्य उद्देश्य नै “नेपाली जनताहरुको लागि चलन चल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटहरु मात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलान मार्फत चलन चल्तीबाट हटाउँदै लानु” हो ।
  • उल्लेखित नीति अन्तरगत पहिलो पटक सबै बैंक तथा वित्तीय संस्थाहरुलाई मिति २०६७ भाद्र १ गते देखि लागु हुने गरी नोटका प्याकेटहरुमा एउटा मात्र स्टीच लगाउने व्यवस्थाको परिपत्र गरिएको थियो ।
  • प्रिपत्र जारी गर्ने क्रममा मिति २०७१।२।२३ मा पछिल्लो ३ बुदे परिपत्र जारी भई कार्यान्वयनमा रहेकोमा हालसालै त्यसलाई खारेज गरी नयाँ जारी गरिएको ।
  • सम्मानित सर्वोच्च अदालतको मिति २०७२ फागुन ३० गतेको सफा नोट सम्बन्धी अन्तरिम आदेशलाई समेत मध्यनजर गरी नेपाल राष्ट्र बैंकले सफा नोट नीति सम्बन्धमा पछिल्लो पटक २०७३।१।१२ गते देहाय बमोजिमको परिपत्र जारी गरेको छ ।
  1. बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा प्राप्त हुने नोटहरुलाई चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य नोट छुट्याउन पर्ने । चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा अनिवार्य रुपमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छाप सहित सेतो रङ्गको स्लिप मात्र प्रयोग गर्नुपर्ने । चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीहरुको नाम, सही र छाप सहित रातो रंगको स्लिप मात्र प्रयोग गर्नुपर्ने ।
  2. यसरी सर्टिङ्ग गरिएको नोटको प्याकेटमा स्टिचको प्रयोग नगर्ने । यसमा आवश्यकता अनुसार रबर/प्लाष्टिक/पेपर वैण्ड प्रयोग गर्ने र जथाभावी च्यात्ने कार्य नगर्ने/नगराउने व्यवस्था मिलाउने ।
    (यसरी सर्टिङ्ग गरिएको नोटको प्याकेटमा सम्भव भएसम्म स्टिचको प्रयोग नगरी रबर/प्लाष्टिक वैण्ड प्रयोग गर्ने । स्टिच लगाउन पर्ने अवस्था आएमा एक भन्दा बढी स्टिच प्रयोग नगर्ने ।)
  3. सर्वसाधारणलाई भुक्तानी गर्दा चलनचल्तीमा पठाउन योग्य नोट मात्र भुक्तानी गनुपर्ने । चलनचल्तीमा पठाउन अयोग्य नोट सर्वसाधारणलाई भुक्तानी दिन प्रयोग नगर्ने । यस्ता नोट नेपाल राष्ट्र बैंकमा नै बुझाउने ।

note-stitch1

(घ) सफा नोट नीति किन ?

क) देशभर सफा र राम्रा नेपाली नोटहरु चलनचल्तीमा ल्याउन ।
ख) नोटमा स्टिच लगाउँदा चाँडै फाट्ने भएकोले स्टिच प्रथालाई हटाउन ।
ग) नोटको आयु अनुसार जनताले उपयोग गर्ने वातावरणको विकास गराउन ।
घ) नोटको संबेदनशीलता प्रति जनतालाई जागरुक बनाउन ।
ङ) नोटको आकर्षण क्षमता कायम राख्न ।
च) पुराना नोटहरुबाट जनताको स्वास्थ्यमा पर्न सक्ने असरहरुलाई कम गर्न ।
छ) देशमा ATM machine हरुको संख्या बढ्दै गईरहेकोले ब्त्ः mबअजष्लभ लाई ग्राह्य हुने नोटको चलनचल्तीलाई बढाउन ।
ज) नक्कली नोट प्रचलनमा ल्याउने तत्वलाई निरुत्साहित गर्न ।
झ) नोट सर्टिङ्ग कार्यलाई एउटै मापदण्डमा राख्न ।
ञ) नोटमा जथाभावी लेख्ने प्रबृत्तिको अन्त्य गराउन ।
ट) अन्य देशहरुको सफा नोटहरुको स्तरमा नेपाली नोटहरुलाई पनि सदा सफा र स्तरीय रुपमा कायम राख्न ।

(घ) सफा नोट नीति अन्तरगत भएका कार्यः

  • एक भन्दा बढी स्टीच र स्लीप भएका नोटहरु ने.रा.बैंकको कुनै पनि कार्यालयहरुले नबुझ्ने ।
  • राजाको तस्वीर भएका नोटहरु प्याकेट बनाई रातो स्लीप लगाई छुट्टै जम्मा गर्ने र ने.रा.बैंकका कार्यालयहरुमा पठाउने व्यवस्था मिलाउने ।
  • ग्राहकहरुलाई चलनचल्ती योग्य नोटहरु मात्र भुक्तानी दिने कार्य गर्ने ।
  • चलन चल्तीमा अयोग्य नोटहरु बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कार्यालय प्रष्टिने गरी रातो स्लीप लगाई ने.रा.बैंकका कार्यालयहरुमा पठाउने व्यवस्था गर्ने ।
  • बैंकहरुबाट भुक्तानी हुने चलन चल्ती योग्य नोटहरु केरमेट गरिएका वा रंग लगाईएका वा च्यातिएका वा कुनै किसिमले नोटको स्वरुपमा विकृति ल्याईएमा त्यस्ता नोटहरु ग्राहकहरुलाई भुक्तानी नदिई सर्टिङ्ग गरी रातो स्लीप लगाई ने.रा.बैंकमा बुझाउने व्यवस्था गर्ने ।
  • सफा नोट सम्बन्धमा बृत्त चित्र तयार गरी प्रसारण गरिएको ।

(ङ) नोटको जतन सम्बन्धमा ने.रा.बैंकले सर्वसाधारण समक्ष हालै जारी गरेको सूचनाः

  • नोटको जतन गर्नको लागि अनिवार्य रुपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं ।
  • नोटमा जथाभावी केरमेट नगरौं ।
  • समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं ।
  • नयाँ नोट छपाई गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनु पर्ने भएकोले नोटको जतन गरी देशको सम्पत्ति जोगाऔं ।
  • नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं ।
  • नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं ।
  • नोटको हिफाजत गर्ने कुरा आफु पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।
  • नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं ।
  • पूजा आजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं ।
  • टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा, यस्तो कार्यलाई निरुत्साहित गरौं ।
  • कारोबारको क्रममा संकास्पद नोटहरु पाईएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौं ।
  • नोटलाई मठ–मन्दिर वा पूजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अविर, पानी, दूध, रगत आदि नपारौं, बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔं ।

श्रोतः www.nrb.org.np

(च) भारतमा सफा नोट नीति सम्बन्धी व्यवस्थाः

  • सन् १९९१ देखि छिमेकी मुलुक भारतले सफा नोट नीति अवलम्बन गर्दै आएको छ । सफा नोट नीतिसँगै CVPS, SBP प्रणाली संचालन गरेको छ ।
  • सर्वसाधारण जनताहरुमा नोट सफा कसरी राख्ने, लेख्ने/च्यात्ने काम नगर्ने सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको पाइन्छ ।
  • RBI ले आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई फोहर/मैलो, च्यातिएका तथा झुत्रा नोटहरु सटहीको लागि निर्देशन जारी गर्दै आएको छ ।
  • त्यस्तै सर्वसाधारण तथा बैंक वित्तीय संस्थाहरुलाई नोटका बण्डलहरुमा भुक्तानी प्रकृयामा स्टीच लगाउन मनाही गरेको छ ।

(छ) झुत्रो नोटको दावी प्रकृया र भुक्तानीः

  • नेपाल राष्ट्र बैंक नोट सटृा भर्ना नियमावली, २०५९ ले कसैसंग रहेको नोट आगोले पोलिई, किराले खाई, च्यातीई, पानीले भिजिई वा अन्य कुनै कारणले चलनचल्तीमा योग्य नभै त्यस्तो नोटको साटोमा नयाँ/सुकिलो नोट माग गर्न आएमा पूरा गर्नु पर्ने प्रशासनिक प्रकृया अपनाएर त्यस्ता नोटको सटृा भर्ना दिने सम्बन्धी व्यवस्था गरेको छ ।

(ज) नेपाली मुद्रा चलन चल्तीको स्थितिः

  • अर्थतन्त्रको विकास र विस्तार संगै नेपाली मुद्राको चलत चल्तीे बर्षेनी बढ्दो क्रममा रहेको छ । उदाहरण स्वरुप मिति २०७३।१।१३ गते नेपाली मुद्रा रु. ३ खर्व ७० अर्व ९१ करोड चलन चल्तीमा रहेको स्थिति छ । झण्डै १५ देखि २० प्रतिशतको हाराहारीमा बर्षेनी चलन चल्ती बढ्दै गएको पाईएको छ ।
  • चलन चल्तीमा रहेको मुद्राहरुमा बढि मात्रामा रु. ५०, रु. १००, रु. ५०० र रु. १००० रहेको र तत्पश्चात रु. २०, रु.१० र रु. ५ का नोटहरु चलन चल्तीमा रहेको पाईएको छ ।
  • नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको लागि आवश्यक मुद्राहरु छाप्दै आएको छ । अर्थतन्त्रको आकार, आर्थिक गतिविधिको स्थीति, मुद्रा स्फिति, रेमिटेन्सको आप्रवाह, लगानीको गति, व्याजदर आदिलाई आधार मानी छपाई गर्ने म्भलय को प्रक्षेपण गर्ने गर्दछ र लगभग ३.२५ वर्ष लाई पुग्ने नोट टेण्डर प्रकृयाद्वारा छपाई गर्ने गरिन्छ ।
  • नेपाल राष्ट्र बैंकले मिति २०७३।१।१३ सम्ममा रु.३ खर्व ३२ अर्व ३८ करोड बराबरका विभिन्न दरका मैलो पुरानो र झुत्रो नोटहरु जलान गरिसकेको छ ।

(झ) उपसंहारः

सफा नोट सम्बन्धमाः

  • नोटमा केरमेट गर्ने, स्टीच लाउने परिपाटीको अन्त्यको थालनी बैंक, वित्तीय संस्थाहरुबाट अविलम्व गरिहाल्नु पर्ने ।
  • ठूला वाणिज्य बैंकहरुले नोट व्यवस्थापन कार्यलाई आधुनिकिकरणतर्फ उन्मुख गराउन आफ्नो मुनाफाको केहि प्रतिशत राखी कोष खडा गरी तद्अनुरुप कार्यहरु गर्दै जाने ।
  • चलन चल्तीमा पठाउन योग्य तथा अयोग्य नोटहरुलाई छुटृा छुटृै बक्साहरुमा राखी तोडा चलान गर्दा अयोग्य नोटहरु ने.रा.बैं.मा समय समयमा दाखीला गर्न ल्याउने ।
  • सर्वसाधारण जनताहरुलाई बिभिन्न मिडिया मार्फत जानकारी गराउने र प्रभात फेरी लगायतका कार्यक्रमहरु मार्फत सफा नोट सम्बन्धी व्यवस्थाको पूर्ण जानकारी गराउंदै लैजाने । वेभ साईटमा उक्त जानकारी सम्बन्धी व्यवस्थालाई क्रमिक रुपमा अपडेट गर्दै जाने ।
  • नोटकोष रहेका बैंक शाखाहरुले नोटको हिफाजत गर्नेतर्फ आ–आफ्ना केन्द्रीय कार्यालयहरुसंग समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने ।
  • नोटकोषको क्षमता र आधुनिकिकरण गर्नेतर्फ ने.रा.बैंक र बाणिज्य बैंक लाग्दै जानु पर्ने ।
  • नेपाल राष्ट्र बैंकमा जिल्ला स्थित उपत्यका बाहिरका कार्यालयहरुले कोषको आधुनिकिकरण, क्षमता विकास, जोखिम जांच समय समयमा गर्दै जानु पर्ने ।
  • नोटकोष रहेका जिल्लास्थित वाणिज्य बैंक तथा नेपाल बैंकका शाखाहरुले सर्वसाधारणबाट आएको झुत्रो नोट स्वीकार्ने, सर्टिङ व्यवस्था मिलाउने, सुकीलो नोट प्रचलनमा ल्याउन नेपाल राष्ट्र बैंकका कार्यालयहरुसंग समन्वय गरी कार्य गर्दै जाने ।
  • भुकम्पले क्षति पुग्न गएका नोटकोषहरुलाई अविलम्व व्यवस्थापन गर्ने तर्फ उन्मुख भैहाल्ने ।
  • ने.रा.बैं.ले क्रमिक रुपमा CVPS, SBS पद्धति लागु गर्दै जाने ।
  • सफा नोट नीति सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुलाई सफा नोट सम्बन्धी अभिमुखीकरण तालीम लगायतका कार्यक्रमहरुलाई सहज तुल्याउंदै लैजाने ।
  • सफा नोट नीति पालना नगर्ने संस्था तथा व्यक्तिहरुलाई दण्ड , जरिवाना, सजांय लगायत व्यवस्थालाई कडाई गर्दै लैजाने ।

अनुगमन तथा निरीक्षण

  • नेपाल राष्ट्र बैंकबाट जारी सफा नोट नीति सम्बन्धी परिपत्र कार्यान्वयन भए नभएको सम्बन्धमा समय समयमा बैंक तथा वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण गरी आवश्यक निर्देशन समेत दिने गरिएको छ ।

धन्यवाद

बैंकिङ प्रवर्द्धनको १२अाैं वर्ष प्रवेशको अवसर र बैंकको समाचार डट कम शुभारम्भका अवसरमा २०७३ बैशाख १५ गते होटल सोल्टीमा
अायोजित गोष्ठी “विदेशी बैंक शाखाको उपस्थिति – ने‌पाली बैंकिङ क्षेत्रका लागि अवसर तथा चुनौ‌तिहरू” मा प्रस्तुत कार्यपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *