समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले लाभांश दिने
Post Date : September 13, 2016 | 3:50 pm

काठमाडौं, २८ भदौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ४७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले आ.ब. २०७२।७३ को मुनाफा मध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले लाभांश वितरणलाई स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ । बैंकले ४५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।