सल्यानको खलंगामा मेगा बैंकको ४८ औँ शाखा
Post Date : July 27, 2017 | 3:36 pm

सल्यान, १२ साउन । मेगा बैंक नेपाल लिमिटेडले सल्यान जिल्लाको खलंगामा ४८ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बैंक संचालक समितिका सदस्य चेतनारायण पाण्डे र सक्षमका टोली उप–प्रमुख निर्मल दाहालले गर्नु भएको छ ।
यूकेएड सक्षम एकसेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा बैंकले सल्यानको खलंगामा शाखा खोलेको हो ।
शाखाको मुख्य उद्देश्य कृषि र पशुपालनमा लघुकर्जा प्रदान गरिने जनाएको छ ।