सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पायो
Post Date : April 19, 2017 | 7:59 am

काठमाडौँ, ६ वैशाख । सहयोगी विकास बैंकलाई १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बैंकलाई रु.१००।– अंकित दरको ११ लाख १ हजार १ सय ३५ कित्ता शेयर निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।