साँग्रिला डेभलपमेन्ट बैंकले १६.०७ प्रतिशत बोनस शेयर दिने
Post Date : November 30, 2016 | 3:38 pm

काठमाडौँ, १५ मङ्सिर । साँग्रिला डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले १६ दशमलब शून्य सात प्रतिशत बोनस शेयर र शून्य दशमलब ८५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने भएको छ । बैंकले आगामी साधारण सभामा पारित भएमा उक्त बोनस शेयरधनीहरूलाई वितरण गर्ने जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७२।७३ मा २१ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।