साँग्रिला डेभलपमेन्ट बैंकको खुद मुनाफा १२ करोड ९६ लाख रुपैयाँ
Post Date : February 8, 2017 | 12:51 pm

काठमाडौँ, २६ माघ । साँग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा १२ अर्ब ४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन र १० अर्ब ५७ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १२ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको खराब कर्जाको मात्रा शून्य दशमलब ६८ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड ६७ लाख ९६ हजार ४ सय ८० रुपैयाँ रहेको छ ।