सांग्रिला डेभलपमेन्ट बैंकको दुई नयाँ बचत योजना
Post Date : June 25, 2017 | 1:52 pm

काठमाडौँ, ११ असार । साँग्रिला डेभलपमेन्ट बैंकले साँग्रिला प्रिमियम बचत खाता र सामाजिक सुरक्षा बचत खाता नामक दुई बचत खाता संचालनमा ल्याएको छ । साँग्रिला प्रिमियम बचत खातामा वार्षिक ९ प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज प्राप्त गर्न सकिनेछ । त्यस्तै, बैंकले सामाजिक सुरक्षा बचत खातामा वार्षिक ९ प्रतिशत ब्याज दिइने जनाएको छ ।