साताको पहिलो दिन नै नेप्सेमा गिरावट
Post Date : May 29, 2016 | 6:07 pm

काठमाडाैं, १६ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन नै २.८४ अंकले घटेर १५२२.२५ बिन्दुमा पुगेको छ । जम्मा ४६६५ कारोवारबाट २१ लाख ७९ हजार ३८६ कित्ता शेयर किनबेच भई १ अर्ब १८ करोड ९ लाख ७४ हजार १७९ रुपैयाको कारोवार भएको छ । वाणिज्य बैंक तथा विकास बैंक समूहमा नेप्से परिसूचक घटेको छ भने बीमा समूहमा ३८.२५ अंकले बढेर निकै सुधार देखिएको छ । त्यस्तै हाेटल, हाइड्रो पावर समूहमा पनि क्रमशः १२ र ७५.९२ अंकले बढेकोे छ । तर समग्रमा नेप्से परिसूचक घटेको छ । २०७३/७४ को बजेट अाइसकेपछि नेप्से परिसूचकले छलांग मार्ने अाशा लिएकोमा यसको ठीक विपरित निराशाजनक नतिजा देखा परेको छ।